सोमबार , माघ २३, २०७९

खेलकुद

मेस्सीलाई फुटबलको राजाबाट हटायो फिफा,रोनाल्डोको फ्यानलाई खुसीको खबर

मेस्सीलाई फुटबलको राजाबाट हटायो फिफा,रोनाल्डोको फ्यानलाई खुसीको खबर

Posted in खेलकुद
फुटबल सुपरस्टार मेस्सीले अर्जेन्टिनालाई २०२२को विश्व कप जिताए पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलको गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको बहसको अन्त्य भएको भन्दै पोस्ट गरेको थियो तर उक्त पोस्टको धेरै आलोचना भए पछि फिफाले सो पोस्ट डिलिट गरेको छ। फुटबल जगतमा रोनाल्डो क्रिस्टियानो रोनाल्डो र मेस्सी मध्ये को गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको भनेर धेरै बहस हुँदै आएको छ भने अर्जेन्टिनाले विश्व कप उपाधि जिते पछि फिफाले आफ्नो सामाजिक संजालहरुमा मेस्सीको फोटो राख्दै गोट बहसको अन्त्य भयो भन्दै पोस्ट गरेको थियो। उक्त पोस्टको लागि फिफा माथि धेरै आलोचना भएको थियो भने फिफाले क्रिस्टियानो रोनाल्डोको अपमान गरेको भनेर पनि धेरै फ्यानहरूले आरोप लगाए पछि अन्त्यमा फिफाले सो पोस्ट डिलिट गरेको छ। सो पोस्टबाट रोनाल्डोका फ्यानहरू खुसी थिएनन् भने फुटबलको सर्वोच्च निकाय नै त्यस्त
विश्व कपमा सबैभन्दा खराब प्रदर्शन गरेको खेलाडीहरुको सुचीमा रोनाल्डो पनि परे

विश्व कपमा सबैभन्दा खराब प्रदर्शन गरेको खेलाडीहरुको सुचीमा रोनाल्डो पनि परे

Posted in खेलकुद
२०२२ फिफा विश्व कपको अन्त्य भए पछि प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले यो विश्व कपको सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परेका छन्। प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले २०२२ फिफा विश्व कपमा खेलाडीहरूले पाएको औसत रेटिंगको आधार मा ११ खेलाडीको सुची तयार गरेको हो र यो विश्व कपमा रोनाल्डोको औसत रेटिंगको ६.४६ रहे पछि उनी पनि सो सुचीमा पर्न पुगेका छन्। सोफास्कोरले तयार गरेको यो विश्व कपमा सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तल हेर्नुहोस्:- Mendy (Senegal) Dest (United States) Glik (Poland) Diallo (Senegal) Bereszynski (Poland) Leckie (Australia) Hwang (South Korea) Irvine (Australia) Vargas (Switzerland) Ronaldo (Portugal) Martinez (Argentina)
मेस्सीले ‘कतार विश्वकप’ जितेपछि रोनाल्डोले के भने ?

मेस्सीले ‘कतार विश्वकप’ जितेपछि रोनाल्डोले के भने ?

Posted in खेलकुद
काठमाडौं। ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो। खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्‍यो। अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए। अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थ
मेसीका कारण बदलियो ब्राजिलियनहरुको मन, अर्जेन्टिनाको समर्थनमा उर्लिए !

मेसीका कारण बदलियो ब्राजिलियनहरुको मन, अर्जेन्टिनाको समर्थनमा उर्लिए !

Posted in खेलकुद
एजेन्सी – ब्राजिलका जस अर्नाल्डो डस सान्तोस जुनियर आफ्नो राष्ट्रिय टोलीको समर्थनका लागि कतार भ्रमणमा गएका थिए। तर कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएसँगै ब्राजिलको छैटौं पटक विश्वविजेता बन्ने सपनाले पूर्णता पाएन। ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। यस क्रममा २००६, २०१० र २०१८ मा पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ब्राजिल २०१४ मा भने घरेलु मैदानमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो। आपनो टोली ब्राजिल विश्वकपबाट बाहिरिए पनि अर्नाल्डो फाइनलमा भने चिर प्रतिद्वन्द्वी अर्जेन्टिनाको समर्थनमा देखिएका छन्। दक्षिण अमेरिकी राष्ट्र भएकाले पनि अर्नाल्डोको समर्थन अर्जेन्टिनालाई गएको हो। ‘फुटबल अप्रत्याशित खेल हो। मलाई लाज्छ अर्जेन्टिना यस पटक विश्व विजेता बन्न सक्षम छ,’ अर्नाल्डोले भने। अर्जेन्टिनाले सेमिफाइनलमा क्र
विश्वकप फुटबल फाईनलमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेज भन्छन् ‘विश्वकप हामीले जित्छौँ

विश्वकप फुटबल फाईनलमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेज भन्छन् ‘विश्वकप हामीले जित्छौँ

Posted in खेलकुद
काठमाडौं: सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलको यात्रा तय गरेको अर्जेन्टिना विश्वभरका कैयौँ फ्यानहरुको ढुकढुकीमा बसिरहेको छ यतिबेला । अर्जेन्टिनाका लोकप्रिय खेलाडी मेस्सी धेरैको रियल हिरो हिरो हुन् । यसैबिच पछिल्ला दिनमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज पनि चर्चाको शिखरमा छन् । अर्जेन्टिनाले एकपछि अर्को खेलमा बाजी मार्दै अघि बढीरहेका बेला गोलकिपर एमिलियानो मार्टिनेजले आफ्नो टिम विश्वकपका दौरान धेरै सुधारिएको बताएका छन् । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दा अर्जेन्टिनाको उत्कृष्ट लय देखिएको उनको तर्क छ । तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले आफ्नो टिममा पहिलादेखि नै धेरै प्रतिभाहरु भएको दाबी गरेका छन् । अर्जेन्टिनी अखबार क्लेरिनसँग कुराकानी गर्दै उनले भनेका छन् जबदेखि मैले यो टिमबाट खेल्न स
फ्रेन्च डिफेन्डर भन्छन्-“हामीलाई मेस्सीको कुनै डर छैन”

फ्रेन्च डिफेन्डर भन्छन्-“हामीलाई मेस्सीको कुनै डर छैन”

Posted in खेलकुद
फ्रान्सका डिफेन्डर थियो हर्नान्डेजले आफ्नो टोलीले सन् २०२२ को फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाका लियोनल मेस्सीको सामना गर्न नडराएको बताएका छन्। बुधबार डिसेम्बर १४ मा मोरक्कोलाई २-० ले हराएर फ्रान्सले शीर्ष स्थानको उपाधिका लागि छनोट भएको छ। साविक विजेताले अन्तिम उपाधिका लागि आइतबार डिसेम्बर १८ मा अर्जेन्टिना र मेस्सीसँग खेल्नेछ। थियो र कोलो मुआनीले मोरक्को विरुद्ध लेस ब्लुसका लागि गोल गरे। फ्रान्स अब मेस्सीको नेतृत्वमा रहेको ला अल्बिसेलेस्टेको सामना गर्नमा केन्द्रित छ। पेरिस सेन्ट-जर्मेनका सुपरस्टारले एक गोल र अर्को गोलमा असिस्ट गरेपछि मंगलबार, डिसेम्बर १३ मा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो। अर्जेन्टिनाका कप्तानले यसअघि नै २०२२ फिफा विश्वकपमा पाँच गोल र तीन असिस्ट गरिसकेका छन्। मेस्सी कतारमा चम्किरहेका छन् तर फ्रान्सका थिओ उनको सामना गर्ने सम्भाव
एम्बाप्पे लगातार दुई खेलमा चुक्दा मेस्सीलाई फाइदा, गोल्डेन बुटमा मेस्सीकै अग्रता !

एम्बाप्पे लगातार दुई खेलमा चुक्दा मेस्सीलाई फाइदा, गोल्डेन बुटमा मेस्सीकै अग्रता !

Posted in खेलकुद
एजेन्सी – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ । गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस
क्राेएसियासँग पराजित भए पछि ब्राजिलले गर्यो खेल मैदानमा नै आँसुको वर्षा

क्राेएसियासँग पराजित भए पछि ब्राजिलले गर्यो खेल मैदानमा नै आँसुको वर्षा

Posted in खेलकुद
काठमाण्डाै । पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । क्राेएसियाले ५६ वर्षपछि विश्वकपमा एउटा राेचक इतिहास बनाएकाे छ। उसले ब्राजिलविरुद्ध शुक्रबार राती भएकाे क्वाटर फाइनल खेलमा पाएकाे एउटै मात्र माैकाकाे सदुपयाेग गर्दै खेललाई १–१ गाेलकाे बराबरीमा ल्याएकाे हाे। याे अवस्था यसअघि १९६६ काे विश्वकपमा बनेकाे थियाे। शुक्रबार निर्धारित समयकाे खेल गाेलरहित बराबरीमा टुंगिएपछि ३० मिनेटकाे थप गरिएकाे समयमा १–१ गाेल गरेकाे थियाे। जसमा १०५ मिनेटमा नेइमारले पहिलाे गाेल गरेका थिए। क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । कत
फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी

फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी

Posted in खेलकुद
काठमाडौं : फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो । यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो । यसपटक अर्जेन्टिना प्रतियोगिताको उपाधि दावेदार टोली मानिएको छ । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो । यसअघि सन् २०१० मा फिफाको सिमुलेसनमा स्पेनले विश्वकप जित्ने नतिजा आएको थियो । स्पेनले त्यसबेला नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले नै विश्वकप जित्ने फिफाको अनुमान थियो । यसपटक सिमुलेसनमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले हराएको देखिन्छ । अर
अस्पतालमा छन् पेले, भावुक हुँदै नेयमारले गरे भगवानसँग यस्तो कामना !

अस्पतालमा छन् पेले, भावुक हुँदै नेयमारले गरे भगवानसँग यस्तो कामना !

Posted in खेलकुद
एजेन्सी । ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका महान् खेलाडी पेलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन् । सोमबार साँझको खेलसकिएपछि ब्राजिलका खेलाडीले ८२ वर्षीय वृद्ध पेलेको तस्बिरसहितको ब्यानर बोकेर फोटो पत्रकारलाई पोज दिएका थिए । फोटो खिचाउँदै नेयमारले भने–“पेलेलाई के भइरहेको छ, भन्न कठिन छ, हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ, हामीलाई विश्वास छ हाम्रो यो विजयबाट उहाँलाई सहज महसुस हुनेछ ।” साथै खेलाडी नेयमारले आफूलाई गोलीगाँठाको समस्या नभएको, आफ