सोमबार , चैत्र १३, २०७९

काभ्रे बस दुर्घटनामा ब्रतबन्धका लागि पुगेर फर्किएका एकै परिवारका ८ को मृ’त्यु, शव बुझ्ने कोही भएनन

मंग्सिर २९, २०७९ बिहिबार 409

काभ्रे । मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ। प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ। बनेपा–११ का राजन तामाङ मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित भान्जा योगेशको छेवर (व्रतबन्ध) मा पुगेका थिए ।

बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् । तामाङ समुदायमा संस्कारअनुसार छेवरपश्चात् राजनको परिवारले योगेशलाई मामाघर साथै हिँडाए । साँझ बस बनेपाका लागि हिँडे पनि आइपुग्न सकेन । बेथान्चोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टियो । अर्को सवारीलाई साइड दिन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाके पोस्टमार्टम भैसकेको र तीमध्ये नौजनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाज अनुसार दाहसंस्कारका लागि लगेका छन्। बाँकी ८ वटा शव बुझे आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताएका छन् ।

उनीहरूको परिवारमा दुईजना घाइते अवस्थामा रहेका छन् भने एकजना विदेशमा रहेका छन्। ‘आठवटा शव परिवारले बुझ बाँकी छ, अन्य नौ शवहरूलाई परिवारको जिम्मा लगाएका छौं। प्रहरी उपरीक्षक न्यौपानेले भने, सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ ।

एके परिवारका आठ शव – उक्त बस दुर्घटनामा परी एके परिवारका ८ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नं. ११ का ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन्। उनीहरू सबै एकै परिवारका हुन्।

मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। परिवारका अधिकांश सदस्यको दुर्घटनामा परी मृत्यु भएको छ भने ‘शव जिम्मा लिनेसमेत छैनन्, राजनका दुई भाइ विदेशमा छन्, उनीहरू आएपछि मात्रै शव लिने कुरा भएको छ ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारीसमेत रहेका न्यौपानेले दिएको जानकारीअनुसार २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिर मेमोरियल अस्पतालमा आठजना. धुलिखेल अस्पतालमा नोजना र बाँकी तीनजना काठमाडौंको बिएनबी र भक्तपुरमा उपचाररत छन्।

प्रतिकृया दिनुहोस्