शनिबार , जेठ २७, २०८०

गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार, गरे एकअर्कालाई अनफलो

मंग्सिर २८, २०७९ बुधबार 266

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको दाम्पत्य जीवनमा दरार आएको बुझिएको छ । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भएको यो जोडीले केही समयअघि नै सम्बन्ध अन्त्य भएको बताइए पनि उनीहरुको आधिकारिक धारणा भने बाहिर आइसकेको छैन।

तर उनीहरु अलग भइसकेको उनीहरु निकट स्रोत बताउँछ। यो जोडीले सामाजिक सञ्जालबाट पनि एकअर्काका तस्बिर हटाइसकेका छन्। ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् ।

निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् । अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।

लकडाउनमै वैवाहिक बन्धनमा बाँधिएका ऋचा र निशानले एकअर्कालाई शक्तिका रुपमा परिभाषित गरेका थिए। एकअर्कालाई परेको कठिन घडीमा बल दिने बताइरहेका निशान–ऋचाले प्रेमपछि कानुनी विवाह गरेका थिए। निशान नेपाल आइडलबाट चर्चामा आएका गायक हुन्।

त्यसपछि उनले थुप्रै हिट गीत गाएका छन्। निशान र ऋचाको संवाद नेपाल आइडलकै बेला सामाजिक सञ्जालमार्फत सुरु भएको थियो। त्यही संवाद र चिनजानलाई विवाहमा परिणत गरेको यो जोडीले सम्बन्ध सकिएको आधिकारिक जानकारी भने दिएको छैन।

प्रतिकृया दिनुहोस्