बुधबार , जेठ १७, २०८०

अब म अर्को विश्वकप खेल्दिन, मेरो लागि यहि नै अन्तिम हो : मेस्सी

मंग्सिर २८, २०७९ बुधबार 323

अब म अर्को विश्वकप खेल्दिन, मेरो लागि यहि नै अन्तिम हो : मेस्सी
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्। मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन्।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन्। अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन्।

‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन्। अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन। दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ। बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्। भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले एम्बाप्पेलाई उछिनेका हुन्।

जारी विश्वकपमा मेसी र एम्बाप्पले समान पाँच गोल गरेका छन्। तर असिस्टमा मेसी अगाडि लागेका छन्। मेसीको तीन असिस्ट छ भने एम्बाप्पेकोको दुईमात्र छ।विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन्। यदि गोल संख्या बराबरी भएका असिस्ट बढी गर्नेले पाउँछ।

जारी विश्वकपमा एम्बाप्पेले अझै दुई खेल खेल्न बाँकी छ। यसैले उनले मेसीलाई जित्न सक्छन्। अब मेसीले भने फाइनलमात्र खेल्न बाँकी छ। अर्जेन्टिनाका लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप फुटबलमा चौथोपटक म्यान अफ् द म्याच अवार्ड जितेका छन् । मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को शानदार जित निकाल्दा मेस्सी पुनः एकपटक खेलको उत्कृष्ट खेलाडी चुनिए ।

लुजाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाको शानदार जितमा टिमका कप्तान मेस्सीले १ पेनाल्टी गोल गर्दै १ गोलमा शानदार असिस्ट पनि गरेका थिए ।मेस्सीले खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सोही गोल अर्जेन्टिनाको शानदार जितको टर्निङ प्वाइन्ट पनि थियो ।

त्यसपछि खेलको ६९औं मिनेटमा जुलियन अल्भारेजको गोलमा मेस्सीले बडा शानदार र जादुयी असिस्ट मिलाएका थिए । सो खेलका उनको दोस्रो गोलमा सहभागिता थियो । मेस्सीले सो गोलमा अविश्सनीय असिस्ट प्रदान गरेर टिमको जितमा थप योगदान दिएका थिए ।

क्रोएसियाविरुद्ध मेस्सीले जितेको म्यान अफ् द म्याच कतार विश्वकपको चौथो म्यान अफ् द म्याच अवार्ड हो । अर्जेन्टिनाले खेलेका ६ खेल मध्ये मेस्सी एक्लै ४ खेलमा म्यान अफ् द म्याच घोषित भइसकेका छन् । यसले पनि मेस्सी कति तगडा लयमा छन् भन्ने कुरा देखाउँछ । मेस्सीले अब विश्वकपको फाइनल खेल खेल्नेछन् । सो खेलबाट पनि उनले अर्को म्यान अफ् द म्याच अवार्ड जितन सक्ने सम्भावना छँदैछ ।

प्रतिकृया दिनुहोस्