सग्लो नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको गोरखा राज्यको राजधानी गोरखा थियो । नेपाल एकिकरण पश्चात गोरखाबाट मूलुकको राजधानी काठमाडौँ कायम भयो । भौतिक संरचना निर्माणका लागि विश्वका विभिन्न देशहरुले वीकेन्द्रीकरणको सिद्धान्त र अभ्यास अनुसार निश्चित समयपछि मूलुकको राजधानी सार्दै आएका छन् ।
तर, नेपालमा भने काठमाडौँ यथावत छ । हुन त, एउटा प्रदेशको राजधानी टुंगो लगाउन त लामो रस्साकस्सी गर्नुपर्ने नेपालमा केन्द्रीय राजधानी नै सार्ने काम कसले गर्न सक्ला र रु यद्यपी, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले माघ ६ गते मंगलबार ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठान गरे ।
उनको यो प्रस्तावको उच्च राजनीतिक तहमा खासै बहस नभएपनि सम्पदा संरक्षण अभियान्ता र बाहिर बसेर प्राकृतिक सम्पदाको अध्ययन गरिरहेकाहरुले यो प्रस्ताव बेठिक नभएको बताए ।मूलुक संघियतामा प्रवेश गर्नु अगाडी बिद्रोहको क्रममा तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा उठाएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक भूमी चितवनलाई उनले राजधानीको रुपमा अघि सारेका थिए । तर, प्रचण्ड जब संसदीय राजनीतिमा प्रवेश गरे, त्यसपछि यो मुद्दा उनको प्रमुख बन्दै बनेन ।संविधान जारी पश्चात ७ वटा प्रदेश सरकारहरु बनेका छन् ।
हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस उपर्युक्त नभएको कतिपयको बुझाई छ । तर, निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् ।
प्रदेश राजधानीमा खासै कुनै काम पनि नहुने भएकाले प्रदेशको राजधानीप्रति मानिसहरुको मोह खासै छैन । तर, प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने नेताहरुको भनाई छ ।
देशको राजधानी काठमाडौँ ९काठमाडौँ उपत्यका० हुँदा काठमाडौँ सहित भक्तपूर र ललितपूर विकसित शहर बने । तर, अरु जिल्लाको अवस्था भने अहिले पनि एकिकरण ताकाकै जस्तो भएकाले काठमाडौँबाट राजधानी सार्नु नै उत्तम विकल्प हुने अभियान्ताहरुको भनाई छ ।
‘काठमाडौँमा दिनदिनै मानिसहरु थपिएका छन्, नजिकका जंगलहरु मासिँदै गएका छन्’ एकजना सामाजिक अभियान्ता भन्छन्, ‘प्राचिन सम्पदाहरु मासिँदै छन् । काठमाडौँले थेग्न नसक्ने जनघनत्व छ । यदि काठमाडौँलाई सम्पदाको शहरका रुपमा चिनाईराख्ने हो भने यहाँबाट राजधानी सार्नुपर्छ ।’
तत्कालिन माओवादीहरुले राजधानी बनाउने आश्वासन खुब बाड्यो । शान्ति सम्झौतापछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नै कहाँ भन्ने अन्यौल भयो । पोखरा कि चितवन भन्ने दोधारका बीच प्रचण्डले चितवनबाट चुनाव लड्ने घोषणा गरे र त्यतिबेला चितवनलाई देशको राजधानी बनाउने सार्वजनिक उद्घोष गरे ।
तर, त्यसपछि राजधानीका विषयमा खासै नबोलेका प्रचण्डले २०७६ साल माघ २५ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पुगेर ‘केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको’ भनेर बोले । कुनै बेला नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० का अध्यक्ष नारायणमान बिजुक्छेले मूलुकको राजधानी काठमाडौँबाट दाङ सार्न उपर्युक्त हुने बताएका थिए ।
‘यो राजनीतिक र आम नागरिकको चासोको विषय हो’ एकजना वातावरणविद् भन्छन्, ‘हामीलाई राजनीतिसँग चासो हुँदैन । पर्यावरणीय दृष्टिकोणले सुहाउँदो ठाउँमा राजधानी सार्नुको विकल्प छैन । जति ढिलो गरिन्छ, त्यति नै क्षति बढी हुन्छ ।’
प्रतिकृया दिनुहोस्