काठमाडौं ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेसले ३२ सिट समानुपातिक तर्फबाट पाएको छ ।समानुपातिकमा पाएको ३२ मध्येमा २९ जना महिला र ३ जना पुरुषको नाम सिफारिस गर्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले समानुपातिकतर्फको नाम टुङ्गो लगाएको छ । तर, समानुपातिकबाट सांसद बन्नेहरूमा पहुँचवाला महिला नै रहेका छन् ।
प्रत्यक्षबाट केही मात्र महिला निर्वाचित भएको र संघीय संसदमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने भएकाले कांग्रेसले २९ जना महिलाको नाम सिफारिस गर्नुपर्ने भएको हो ।
यसरी कांग्रेसले सिफारिस गरेको २९ महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँणको नाम पनि परेको छ ।
कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।
त्यसैगरी, दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् भने मधेसीबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । त्यसैगरी, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत समानुपातिबाट सांसदका लागि छानिएका छन् ।
अन्ततः ६५ सिट पुग्यो माओवादीको प्रधानमन्त्री प्रचण्डको दाबी
गत मंसिर ४ गते सम्पन्न निर्वानको मत परिणम लगभग आईसकेको छ । मत परिणाम पस्चात यतिबेला सत्ता समिकरणको बहस भइरहेको छ । यो अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ सिटको नेतृत्व आफुले गर्दै गोल हान्ने तरखरमा देखिएका छन् ।
प्रधानमन्त्री बन्न चाहेका प्रचण्ड माओवादीले सोचेजस्तो सिट नजित्दा परिवर्तनकाे एजेण्डा बाेक्ने दलहरूसँग सहकार्य गरेर पार्टी एकताकाे फराकिलाे अभियानसहित सरकारकाे दाबी गर्ने पक्षमा देखिएका छन् । माओवादी केन्द्रका नेताहरू माओवादीबाहेक कांग्रेस र एमाले मिलेर सरकार नबन्नेमा ढुक्क छन् । यदि कांग्रेस र एमाले मिलेर सरकार बनेन भने माओवादीबिना सरकार बन्न असम्भव छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले कसैको पनि प्राथमिकतामा परेको छैन । अन्य स्वतन्त्र र लाेसपा जाेडेर कांग्रेसले सरकार बनाउन सक्ने शक्ति संसदमा छैन । कांग्रेस र एमाले मिलेनन् भने माओवादीबिना सरकार बन्न सम्भव नभएका कारण नै प्रचण्ड पहिला आफ्नो शक्ति बढाउने रणनीतिमा रहेका छन् । आइतबार अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने भनेर चार दलले विज्ञप्ति जारी गरे ।
प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा रहेका छन् । नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा रहेका प्रचण्ड जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने आन्तरिक तयारीमा जुटेका छन् । त्यसका लागि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सहमत रहेको माओवादीका एक नेताले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ पनि प्रचण्डलाई रहने उनले दाबी गरे । बाबुराम भट्टराइ नेतृत्वकाे पार्टी माओवादीकै चुनाव चिन्हमा लडेकाे र स्वतन्त्रका रूपमा विजयी प्रभु साह र किरणकुमार साह माओवादीमै फर्कने लगभग पक्का रहेकाे नेताहरूकाे दावी छ । विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उपेन्द्र यादवले एमालेसँगको गठबन्धनको औचित्य अन्त्य भएको घोषणा गरिसकेका छन् । बलियो तेस्रो शक्ति निर्माण गर्ने रणनीतिमा जुटेका प्रचण्डलाई यादवले साथ दिने सम्भावना बढेको छ ।
नेकपा एस, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चालाई एकै ठाउँमा ल्याएर आफ्नै नेतृत्वमा मोर्चा बनाउने तयारीमा प्रचण्ड रहेको उनको बुझाई छ । पार्टी र स्वतन्त्रबाट जितेकासहितको मोर्चा बनाउँदा प्रचण्डसँग करिब ६५ सांसद हुने देखिन्छ ।
प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपतिकतर्फ १४ सिट पाउने देखिन्छ । राष्ट्रिय पार्टी बन्न असफल नेकपा एकीकृत समाजवादीसँग १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीसँग चार, (स्वतन्त्र जितेका लालवीर चौधरीसहित) सांसद छन् ।
यसैगरी, प्रत्यक्ष ७ सिट जितेको जसपाले समानुपातिकतर्फ ५ सिट पाउने देखिएको छ भने प्रत्यक्ष एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउने लगभग पक्का छ । प्रत्यक्ष एक सिट जितेको राष्ट्रिय जनमोर्चा र रौतहटबाट निर्वाचित प्रभु साहसहित स्वतन्त्र २ सांसद पनि रहेका छन् ।
एमालेले पनि माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन कसरत गरिरहेको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फकाउन आफूनिकट नेताहरूलाई खटाएका छन् । चुनावको मतपरिणाम आएपछि एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा सचिव रघुवीर महासेठले प्रचण्डसँग भेटवार्ता गरेका थिए । तर, तत्कालै प्रचण्डले केही प्रतिक्रिया नदिए पनि माओवादीका अन्य नेताहरू भने एमालेसँग पनि निकट रहेको बताउँछन् ।
देउवालाई प्रधानमन्त्री बनाउँदा नै चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको प्रचण्डनिकट एक नेता बताउँछन् । तर, पहिलो पार्टी बनेको कांग्रेस प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउन नसकिने अडानमा छ । प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । सत्ता गठबन्धनमा आवद्ध पाँच दल गठबन्धन गरेर चुनावमा गए पनि सत्ता गठबन्धनको बहुमत आएन ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता एन.पी. साउदले कार्यकाल बाँढेर दाेस्राे कार्यकाल प्रचण्डलाइ प्रधानमन्त्री मान्न सकिने तर सुरूमा कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे । कांग्रेस भित्र देउवा बाहेक गगन वा अरू कसैकाे पनि सम्भावना नरहेकाे उनकाे दावी छ । सरकार बनाउन आवश्यक पर्ने बहुमत नआएपछि साना दललाई समेट्नु पर्ने बाध्यतामा सत्ता गठबन्धन छ ।
प्रचण्ड सरकार बनाउने भन्दा पनि मिल्न सक्ने साना दलहरूसँग पार्टी एकता गरेर माओवादीलाई बलियो शक्तिका रूपमा उभ्याउने रणनीतिमा रहेको उनीनिकट स्रोतको दाबी छ ।
सबैभन्दा पहिला नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा लागेका छन् । एमालेसँगकाे तालमेलले नराम्राे झड्का खाएकाे उपेन्द्र यादव नेतृत्वकाे जसपा पनि प्रचण्डसँगकाे सहकार्यका लागि नजिकिएकाे छ ।
प्रतिकृया दिनुहोस्