आइतबार , जेठ २१, २०८०

एकैदिनमा काठमाडौं उपत्यकामा ५४२ चालकमाथि कारबाही

मंग्सिर २३, २०७९ शुक्रबार 160

एकैदिनमा काठमाडौं उपत्यकामा ५४२ चालकमाथि कारबाही
सवारी साधनको यान्त्रिक अवस्था चेक गर्दै प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेती ।

काठमाडौं उपत्यकामा आज गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन् । यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारवाही गरिएको छ ।

चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्युनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्