पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका आवसीय चिकित्सकको निधन भएको छ । प्रतिष्ठानमा एमएस पहिलो वर्ष अध्ययनरत डा.किरण श्रेष्ठको बुधबार बिहान निधन भएको अस्पतालका निर्देशक डा.भरत खत्रीले जानकारी दिनुभयो।
निर्देशक डा.खत्रीका अनुसार २५ वर्षीय डा.श्रेष्ठ गत जेठ महिनादेखि प्रतिष्ठानमा जनरल सर्जन विषय अध्ययरत हुनुहुन्थ्यो।
बुधबार बिहान ७ बजे उहाँ ड्यूटीका लागि अस्पतालमा आउनुभएको थियो। केही असजिलो महसुस भएको भन्दै केहीबरेमै निवासमा फर्किनुभयो। बिहान १० बजेतिर उहाँ आफ्नै कोठामा मृत फेला पर्नुभएको निर्देशक डा.खत्रीले जानकारी दिनुभयो।
डा.किरण केहीदेनदेखि अवस्थ रहेको अस्पताल निर्देशक डा.खत्रीले बताउनुभयो । डा.खत्रीका अनुसार डा.किरणले ग्यास्ट्रिक लगायतका औषधि खाइरहनुभएको थियो । मंगलबार उहाँ विदामा बस्नुभएको थियो । म ठिक भएँ भन्दै बुधबार बिहान अस्पतालमा ड्यूटी गर्न आउनुभएको थियो ।
विसञ्चो भएको भन्दै अस्पतालबाट फर्किएर गएपछि पनि ग्यास्ट्रिकको औषधि खाएको पाइएको डा.खत्रीले जानकारी दिनुभयो ।
हृदयघातकै कारण डा.श्रेष्ठको निधन भएको निष्कर्ष चिकित्सको छ ।
डा.किरणको स्थायी घर पाँचथर हो । उहाँका आफन्त आज पोखरा आउँदै हुनुहुन्छ । उहाँको शव अस्पतालमै राखिएको छ । परिवार आएपछि अन्त्येष्टि गरिने डा.खत्रीले जानकारी दिनुभयो । शुक्रबार प्रतिष्ठान विदा गरिने र शोकसभा आयोजना गरिने डा.खत्रीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्