आइतबार , जेठ २१, २०८०

अधिबक्ता भन्छन नागरिकतामा कुनै बिबाद छैन रबिलाई फ’साउने ष’ड्यन्त्र हुँदैछ(भिडियो सहित)

मंग्सिर २१, २०७९ बुधबार 425

राष्ट्रिय स्वतन्त्र पार्टीका सभा पति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी लाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैना लीले जानकारी दिए।

लामि छानेले अ मेरिकी नागरिकता लिँ दा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नाग रिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। विदे शी नागरिकता लिने वित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैले नागरिकता त्याग्नुपर्छ।

तर उनले निष्कृय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ।लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए।यस विषयमा निर्वाचन आयोगमा पनि उनी वि रूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टिकरण सोध्दासम्म मतदान भइसकेको थियो।

त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिए। विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो।लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न।

रबिको नागरिकता बिबाद पछिल्लो समय झनझनी बिबादित बन्दै गएको छ । यसैक्रममा आज भने यहि बिषयमा बोल्दै अधिबक्ता यज्ञमणि न्यौपाने मिडियामा आएका छन । रबिको नागरिकता बिबाद रबिलाई जेलमा थुन्ने जेलमा स”डाउने हेतुले रचिएको ष”ड्यन्त्र रहेको र हामी जनताहरु एकजुट नभए रबि अप्ठ्यारोमा पर्ने अभिव्यक्ति उनले दिएका छन ।

थप जानकारीको लागि हेर्नुस तलको भिडियो

प्रतिकृया दिनुहोस्