काठमाडौँ / सांसद सोबिता गौतमको यतिबेला देशव्यापी रुपमा चर्चामा चलीरहेको छ । काठमाडौँ क्षेत्र न.२ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो ।
एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो । जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन ।
सांसद फेरिरहने काठमाडौँ २ ले ५ बर्षका लागी सोबितालाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइरहेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिलाहरु प्रत्यक्ष निर्वाचित भएका छन् ।
एक अन्तरबार्ताको क्रममा तपाईलाई मन्त्रि हुन्छु जस्तो लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा सांसद सोबिता गौतमले जबाफमा लाग्छ नि के थाहा नेपालको पहिलो महिला प्रधानमन्त्री म नै हुन्छु कि भनेर जबाफ दिएको थिइन् ।
प्रतिकृया दिनुहोस्