आइतबार , जेठ २१, २०८०

पल शाह फिल्मको लागि आफै निर्देशककोमा धाउँदै,

जेठ १३, २०८० शनिबार 277

केही दिन अगाडि नायक पल शाहलाई फिल्म अफर नआएको खबर हामीले मेरो फिल्ममा सार्वजनिक गरेका थियौं । पलले जेलमा रहँदा काम गर्ने भनिएको ३ वटा फिल्मको पनि अहिले चर्चा सेलाएको छ ।

तर, पलले आफूलाई बलियो रुपमा कमब्याक गराउनका लागि निर्देशकलाई नै फिल्म अफर गरेका छन् । पलले निर्देशक दिनेश राउतसँग फिल्मको निर्देशन गर्न अफर गरेका हुन् । प्रायः फिल्ममा निर्देशकले नायकलाई फिल्म अफर गरेको सुनिन्छ ।

तर, पलले भने आफ्ना नजिकका साथी विकास सुवेदीको साथमा दिनेशलाई फिल्म निर्देशनको अफर गरेका हुन् । तर, दिनेशले भने पलको फिल्म गर्ने वा नगर्ने बिषयमा कुनै टुंगो लगाएका छैनन् ।

पलले फिल्ममा कमब्याक गर्दा आफ्नो अभिनयलाई समेत परिवर्तन गर्न चाहन्छन् । निर्देशक राउतले गतबर्ष नायक प्रदीप खड्कालाई लिएर फिल्म ‘प्रकाश’ बनाएका थिए । यसैले, पल पनि दिनेशसँग २ वटा फिल्ममा संझौता गर्न चाहिरेका छन् ।

पलले फिल्ममा फर्किनका लागि आफ्ना नजिकका निर्देशकहरुसँग सम्पर्क गरिरहेका छन् । श्रोतका अनुसार उनको र निर्देशक सुदर्शन थापाको पनि केही चरण कुराकानी भैसकेको छ ।

यस्तोमा पलले कसको फिल्ममा पहिले काम गर्छन् पक्का भएको छैन । तर, म्युजिक भिडियोमा व्यस्त बनेका पल फिल्ममा फर्किन कसरत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्