जेठ १०, २०८० बुधबार 788
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित वर्षा भइरहेका बेला भूकम्पको धक्का समेत महसुस गरिएको छ। बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो।
यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो।
प्रतिकृया दिनुहोस्