आइतबार , जेठ २१, २०८०

के पललाई सनिषाले मात्र पत्याएकी हुन् ?

जेठ ९, २०८० मंगलबार 307

नायक तथा मोडल पल शाहले जेल जीवनबाट बाहिर आएको डेढ महिनापछि काम गरेको पहिलो म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा मोडल सनिषा भट्टराइले काम गरिन् । यो भिडियाले बजारमा राम्रै चर्चा पाइरहेको छ । पलको जेल जीवनको वास्तविक घटना प्रस्तुत गरेकाले पनि यो भिडियोले बढी चर्चा पाएको हो ।

यसपछि पलको अर्को भिडियो ‘आँशु बनी नखस’ सार्वजनिक भयो । यो भिडियोमा पनि पलले सनिषासँग नै काम गरे ।

छायांकन सेटमै पहिलो पटक पल र सनिषाको भेट भएको थियो । पलको काम र व्यवहारबाट प्रभावित भएको सनिषाले बताएकी छिन् । यो भिडियो सार्वजनिक भएको एक सातापछि पल र सनिषाकै अर्को भिडियो बजारमा आउने तयारीमा छ । ‘सक्छौं र तिमी म विना बाँच्न’ बोलको गीतमा पल र सनिषाकै अभिनय छ । पल र सनिषाले चौथो म्युजिक भिडियोमा पनि काम गरेका छन् । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ भिडियोमा यी दुइलाई देख्न सकिन्छ ।

पलले लगातार चार वटा भिडियोमा सनिषालाई नै रोज्नुको कारण के होला ? के पलसँग अरु मोडल र नायिकाले काम गर्न आनाकानी गरेका हुन् त ? यो बिषयमा केही दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा पलले पत्रकारलाई नकारात्मक रुपमा नसोच्न आग्रह गरेका थिए ।

तर, पल र सनिषाको भिडियो लगातार ४ वटा आउनुले भने संकेत त्यसतर्फै गरेको छ । पलको भिडियोका लागि उनले जेल जानु अगाडि काम गरेका केही नायिकालाई अफर गरिएको तर उनीहरुले नगरेको वुझिएको छ । यसैले पनि पलले सनिषासँग काम गर्न सहज हुने देखेरै उनीसँग लगातार काम गरेका हुन् कि भन्ने प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस्