आइतबार , जेठ २१, २०८०

यस्तो धन्दामा महिला पक्राउ, सुन्दा छक्क पर्नु हुन्छ ..

जेठ ७, २०८० आइतबार 344

काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन् ।
काठमाडौं आउन लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो ।

प्रतिकृया दिनुहोस्