बिहिबार , जेठ २५, २०८०

नाम भने गेष्ट हाउस एण्ड खाजा घर तर धन्दा सुन्दा अचम्म लाग्छ,

जेठ ५, २०८० शुक्रबार 928

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १० पुलबजारस्थित रहेको एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका वडा नं. ७ स्थाई बनेपामा गेष्ट हाउस सञ्चालन गर्ने बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भइ खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन् ।

प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ ।

वेश्यावृत्ति भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरी अभिकृत सहितको टोली गेष्ट हाउसमा पुगेको थियो ।

उद्धार गरिएका किशोरीहरुले होटलका संचालकहरुले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्