सोमबार , चैत्र १३, २०७९

अबेर रातसम्म बसेर बाबुरामले पनि हेरे मेस्सीको ‘जादू’, खेल देखेर छक्क पर्दै यसो लेखे !

मंग्सिर १८, २०७९ आइतबार 380

काठमाडौै– लिओनल मेसी र जुलियान अल्भारेजकाे गाेलका कारण अस्ट्रेलियाविरुद्ध २–१ गाेलकाे नतिजा निकाल्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेकाे छ।

शनिबार राती भएकाे दाेस्राे प्रि–क्वाटर फाइनल खेलमा अस्ट्रेलियाले पूर्वविश्व च्याम्पियन टिमलाई दबाबमा राख्न सफल भयाे। पहिलाे हाफकाे ३५ मिनेटसम्म अर्जेन्टिनी अग्रपक्तिलाई नियन्त्रणमा राखेकाे सकरुजका लागि मेसी एक पल्ट फेरि अफाप सावित भए। उनले डिबक्सभित्र ओटामेन्डीले मिलाइदिएकाे बललाई गाेलमा परिणत गर्दै पहिलाे हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

मेसीकाे याे विश्वकपमा अस्ट्रेलियाविरुद्धकाे गाेल तेस्राे थियाे भने विश्वकपकाे नवाै‌। दाेस्राे हाफमा पनि अस्ट्रेलियन डिफेन्डरले खेललाई नियन्त्रणमा राखेका थिए। तर आफ्नै डिफेन्डर र गाेलकिपरकाे गल्तीका कारण ५७ मिनेटमा जुलियान अल्भारेजले गाेल गरे।

अर्जेन्टिनाले ७७ मिनेटमा आत्मघाती गाेल खायाे। ग्रेग गुडविनले २५ यार्ड टाढाबाट हानेकाे प्रहार इन्जाे फर्नान्डेजकाे शरीरमा लागेर गाेलमा परिणत भएकाे थियाे। सुरुमा याे गाेल गुडविनकाे नाममा दर्ता गरिएकाे थियाे तर पछि आत्मघाती गाेलमा परिणत गरियाे।

खेलकाे ८५ मिनेटपछि खेलमा थुप्रै ड्रामा देखियाे। मेसी र लाउटाराे मार्टिनेजकाे थुप्रै प्रहार अस्ट्रेलियन गाेलरक्षकले राेकेका थिए। अन्त्यमा अस्ट्रेलियाले पनि बराबरी गाेल गर्ने माैका पाएकाे थियाे। तर अर्जेन्टिनी गाेरक्षकले जाेगाए। अर्जेन्टिना २०१४ पछि विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे। अब उसकाे भिडन्त ९ डिसेम्बरमा नेदरल्याण्ड्ससँग हुनेछ।

बाबुरामले हेरे मेस्सीको जादू

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि अर्जेन्टिना र अस्ट्रेलिया विरुद्धको खेल हेरेका छन्। भट्टराईले सामाजिक संजाल मार्फत मेस्सी अन्तिम विश्वकप खेलिरहेका कारण अबेर सम्म बसेर विश्वकप हेरेको सामाजिक संजालमा उल्लेख गरेका छन्।

“मेस्सीलाई वर्ल्ड कपमा फेरि हेर्न पाइन्छ पाइन्न भन्ने उत्सुकताले राति अवेरसम्म बसेर हेरियो! उत्कृष्टताको राम्रै रसास्वादन भयो।फुटबल सामुहिक खेल हुनाले टिमवर्कको महत्व पनि राम्रै वोध भयो।बाॅकी खेलहरू पनि रोचक रहून्! सबै खेलाडीहरूलाई सलाम!”,बाबुरामले लेखेका छन्।

प्रतिकृया दिनुहोस्