काठमाडौं । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ जिल्ला प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिनुभयो । शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । त्यहाँ रहेकी विद्यार्थीमाथी राईले यौन दुर्व्यवहार गरेको आरोप छ ।
उनले शिक्षा दिएको भन्दै किशोरीहरुलाई अगाडि राखेर कपडा खोलेर गोप्य अंग देखाएका छन् । किशोरी छात्रालाई मसाज गर्न लगाएको भिडियो बाहिर आएको छ । अपाच्य शब्द बोलिरहेको भिडियो बाहिरिएको छ ।
मिडियामा खुलेर नै यसरी बोल्थे उनी
प्रतिकृया दिनुहोस्