आइतबार , जेठ २१, २०८०

विपाश्यना बीचमै छोडेर भारत फर्किए आमिर खान,किन ?

बैसाख २९, २०८० शुक्रबार 586

बलिउड अभिनेता आमिर खान नेपालबाट अपर्झट भारत फर्किएका छन् । उनी विपाश्यनालाई बीचमा नै छोडेर स्वदेश फर्किएका हुन् । ध्यान केन्द्रले यसबारे पुष्टि गरेको छ ।

आमिर विपाश्यनाका लागि आइतबार नेपाल आएका थिए । यो ध्यान १० दिनको हुन्छ । तर उनी ध्यानलाई बीचमा छोडेर ७ दिन अघि नै स्वदेश फर्किएका छन् । उनको ध्यान जेठ ४ गते सकिने निश्चित थियो ।

उनी शुक्रवार बिहान १०ः५० बजेको इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले ध्यानलाई बीचमै छोडेर किन भारत फर्किए भन्ने बारे जानकारी भने आइसकेको छैन ।

प्रतिकृया दिनुहोस्