शनिबार , जेठ २७, २०८०

ल्यान्ड हुन सकेन जहाज आकाशमै फन्को लगाउँदै, हवाई उडान प्रभावित

बैसाख २७, २०८० बुधबार 283

काठमाण्डाै – तीव्र गतिको हावा चल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलनमा जहाज उडान र अवतरण प्रभावित भएको छ ।

अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका जहाज काठमाण्डौ, बारा, मकवानपुरमाथिको आकाशमा फन्काे लगाइरहेका छन् । काठमाण्डौमा विदेशबाट आएका जहाज दक्षिणबाट अवतरण हुने र अहिले दक्षिणबाटै हावा चलेका कारण अवतरणमा समस्या आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

तीव्र गतिकाे हावा चल्दा दाेहाबाट आएकाे कतार एअरवेज, दिल्लीबाट आएकाे विस्तारा र इन्डिगाे, जापानबाट आएकाे नेपाल एअरलाइन्स र दुबईबाट आएकाे फ्लाई दुबई लगायतकाे जहाज अवतरण गर्न नसकेका हुन् ।

प्रतिकृया दिनुहोस्