मंग्सिर १८, २०७९ आइतबार 330
अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा, अब नेदरल्यान्डसँग भिड्ने
अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज हमद बिन अली रंगशालामा भएको खेलामा अर्जेन्टिनाले २ गोल गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेसँगै अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटरफाइलमा भिड्ने भएका छन् ।
खेलको पहिलो हाफमा मेस्सीकै गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे । अन्त्यतिर अष्ट्रेलियाले एक गोल गरेपनि त्यो जितको लागि काफी भएन ।
प्रतिकृया दिनुहोस्