शनिबार , जेठ २७, २०८०

कैलालीमा मलद्वारमा लुकाएर ब्राउनसुगरको तस्करी गर्ने प्रहरी हवल्दार को हुन् ?

बैसाख २४, २०८० आइतबार 331

टेकसिंह धामी, धनगढी: कैलालीमा लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।

gimigroup
इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तिनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका २ मोतिपुरका बासिन्दा हुन्।

सुनारसङ्गै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा घर आएका बेला लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए। उनका अनुसार सुनारले ९ सय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाईछिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए। यसअघि पनि कैलालीकै भजनीबाट नेपाल प्रहरीका जवानलाई सशस्त्र प्रहरीले ३० ग्राम लागूऔषध सहित पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस्