बिहिबार , जेठ २५, २०८०

एकैपटक एमालेका दुई सांसद फरार

बैसाख २३, २०८० शनिबार 168

काठमाडौं – नेपालमा क्रियाशील रहेका राजनीतिक पार्टीमध्ये एमाले भ्रष्टाचारको दलदलमा फसेको पार्टी हुन पुगेको छ ।

कुनै समय नेपाली कांग्रेसका नेताहरूलाई मात्र भ्रष्टाचार मुद्दा लाग्ने गथ्र्यो । तत्कालीन अख्तियार प्रमुख सूर्यप्रसाद उपाध्यायलाई प्रयोग गरेर कांग्रेसका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेको राजनीति सिध्याइयो ।

images
images
कांग्रेसमा लामो समय राजनीति गरेर पछि मधेसी जनअधिकार फोरममा रहेका जेपी गुप्तालाई राजनीतिक पूर्वाग्रह साँधेर भ्रष्टाचारी ठहर गरियो । त्यसपछि उनको राजनीति नै सकियो ।

अब पालो एमालेको आए जस्तो छ । यदि एमाले नेताहरू सरकारमा रहँदा गरेका भ्रष्टाचारका फाइल खुलेमा धेरै नेता सोत्तर हुने अवस्था छ ।

ईश्वर पोखरेल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल, लक्ष्मी कोइरी, नवराज सिलवाललगायत धेरै नेतामाथि भ्रष्टाचार मुद्दा लाग्न सक्छ ।

सोही कारण पनि मुद्दा प्रभावित पार्न एमाले अध्यक्ष केपी ओलीले प्रेमकुमार राईलाई अख्तियार पठाएर पार्टीका नेता जोगाउन लागिपरेको प्रस्टै देखिएको छ ।

यतिबेला एमालेका दुई बहालवाला सांसद फरार छन् । एकजना हत्या आरोपमा र अर्का ठगीधन्धामा फरार रहेका हुन् । कोइरी महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

उनीमाथि सशस्त्र प्रहरी जवान थमन विकको हत्या आरोपमा उच्च अदालत जनकपुरले जेल सजाय सुनाएको छ । हत्या आरोप लागेकै बेला ओलीले कोइरीलाई एमाले प्रवेश गराई टिकट दिएका थिए ।

कोइरीको सांसद पद निलम्बन भइसकको छ भने प्रहरीले उनलाई फरारको सूचीमा राखेको छ । एमालेका अर्का बहालवाला सांसद टोपबहादुर रायमाझी पनि फरार भएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

त्यसलगत्तै उनी सम्पर्कविहीन भएका छन् । शुक्रबार (आज) साँझसम्म उनी प्रहरीको सम्पर्कमा नआए उनलाई फरार सूचीमा राख्ने भएको छ । आफ्ना दुई सांसद फरार सूचीमा परेपछि केपी ओली तनावमा परेका छन् ।

प्रतिकृया दिनुहोस्