आइतबार , जेठ २१, २०८०

कसरी भयो दुर्घटना ?

बैसाख २२, २०८० शुक्रबार 765

संखुवासभाको भोटखोला गाउँपालिका-४ को सिप्रुङको जिजिङ्खामा आज भएको हेलिकप्टर दुरघटनामा पाइलट विनोद पौडेल र स्थानिय बासी भरिन गुरूङ् गम्भिर घाइते भएका छन्।

भोटखोला गाँउपालिका-४का वडा अध्यक्ष विकाश तामाङले सुत्रन्यूजसँग कुरा गर्दै घटनामा अन्य दुई जना दुरघटनाका क्रममा हेलिकप्टरबाट हामफालेको र सकुशल रहेको जानकारी दिएका छन्।, सकुशल हुनेमा छिरिङ भोटे र अर्का एकव्यक्तिको परिचय खुलेको छैन।

परिचय नखुलेका ती व्यक्ति माथिल्लो अरूण जलविद्युत आयोजनाका कर्मचारी हुन्।

तामाङ्का अनुसार हेलिकप्टर १ बजेर १० मिनेटको आसपासमा दुर्घटनामा परेको हो। स्थानियवासीले १ बजेर १५ मिनेटमा दुर्घटनाको जानकारी पाएका थिए।

अध्यक्ष तामाङले घाइतेको उद्धारका लागि सेना तथा प्रहरीको टोली घटनास्थल पुगिसकेको जानकारी दिएका छन्।

उनका अनुसार आयोजनाको सामान बोकेर गएको सो हेलिकप्टर ल्यान्ड हुनेक्रममा पंखा पहरामा ठोकिएर दुर्घटनामा परेको हो।

प्रतिकृया दिनुहोस्