काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणहरूमध्येको एक हो क्यान्सर ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि करिब १० मिलियन मानिसको मृत्यु क्यान्सरका कारण भइरहेको छ । नेपालमा बर्सेनि २० हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गरेको ग्लोबोक्यानको तथ्यांक छ ।
क्यान्सरको समयमा पहिचान र सही उपचार भए लगभग ५० प्रतिशतसम्म क्यान्सरका केसहरूबाट बच्न सकिने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँनुहुन्छ । उहाँका अनुसार यी आठ लक्षणले क्यान्सरको संकेत गर्दछन्, जसलाई ख्याल गरे सुरुवाती चरणमा क्यान्सर पहिचान गर्न सकिन्छ ।
शरीरका कुनैपनि भागबाट असामान्य डिस्चार्ज हुनु वा रगत बगिरहनु
लामो समयसम्म खोकी लागिरहनु र आवाजमा घोक्रोपन आउनु
अपच वा निल्न कठिन हुनु
दिसा पिसाबको बानी परिवर्तन हुनु
बिनाकारण तौल घट्नु
शरीरका कुनैपनि भागमा गाँठागुँठी देखिनु
मुसा वा कोठीमा परिवर्तन हुनु
घाउ लागेको लामो समयसम्म पनि निको नहुनु
यीमध्ये कुनैपनि लक्षण देखिए तुरुन्त विशेषज्ञकहाँ पुग्न डा. श्रेष्ठ सुझाव दिनुहुन्छ । तर, स्वास्थ्य जीवनशैली र खानपानले क्यान्सरलाई टाढै राख्न सकिन्छ ।
क्यान्सरसँग लड्न फोलेटयुक्त खानेकुराहरू जस्तैः सागपात, अण्डा, कुरिलो, टुसा उमारेका खानेुकरा उत्तम हुन्छ ।
त्यस्तै, काउली, बन्दा, मुला, ब्रोकाउली, बेसार, अदुवा, सुन्तला, कागती, गोलभेडा, काफल, ऐँसेलु, किम्बु, अमला पनि क्यान्सरसँग लड्न उत्तम खानेकुरा हुन् ।
प्रतिकृया दिनुहोस्