आइतबार , जेठ २१, २०८०

भोलि देशभरी सार्वजनिक विदा

बैसाख २१, २०८० बिहिबार 487

काठमाडौं । सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बुद्ध जयन्ती, उँभौली पर्व, चण्डी पूर्णिमा, पुर्णिमा व्रत, कूर्म जयन्ती एकै दिन पर्दछ ।

गृह मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाका शाखा अधिकृतका अनुसार बुद्ध जयन्तीमा देशभर नै सार्वजनिक बिदा दिने चलन बसिसकेको छ । यसैले पात्रोमा नै विदा जनाएर ल्याउन गृहले भनिसकेको छ । यसअघि बुद्ध जयन्तीमा बिदा हुन्छ की हुन्न भनेर गृहमन्त्रालयको विज्ञप्ति पर्खिनुपर्ने थियो, यो बर्षदेखि पात्रोमा नै जनाइएको छ उहाँले भन्नुभयो । बिदा मुलुकभर सबैलाई लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्