काठमाडौं । व्यवसायीसमेत रहेका नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेल नारायणगढ बेलचोकस्थित आफ्नै व्यवसायिक अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीद्वारा सञ्चालित अनमोल फिड्स उद्योग आर्थिक समस्याका कारण बेचेको र बैंकले कालो सूचीमा राखेको लगायतका समस्या पनि भएको बताइएको छ ।
उनी नेपाली काँग्रेस वर्तमान महासमिति सदस्य पनि हुन् भने चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा चिनिएका व्यवसायी मानिन्थे ।
उनी त्यो अवस्थामा मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेृको जानकारी प्राप्त भएको छ । कृतक कंडेलको शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यसका साथै उनको मृत्युको कारण समेत प्रहरीले खोजीरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्