काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५– १५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा एकरएक महिनामा मूल्यसूची पठाउँछ ।
सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार सोमबार आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ । हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ । ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ ।Citizen Life Island Landing Page
यसअघि अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो । अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ ।
त्यस्तै, ग्यासको हकमा मूल्य घटेर आए पनि प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानीमै रहेको निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस्