आइतबार , जेठ १४, २०८०

अमेरिकामा पढ्न बस्दा अभिनेत्री प्रियंकाले ४ हप्ता सम्म बाथरुममा बसेर खाना खाएको गरिन् खुलासा

बैसाख १६, २०८० शनिबार 322

प्रियंका चोपडा आज विश्वभर चर्चित नाम हो । अहिले उनी पति निक जोनससँग अमेरिकामा बस्छिन् तर एक समय थियो जब प्रियंका हाईस्कूलको पढाइका लागि अमेरिका गइन् र त्यहाँ उनले धेरै समस्याको सामना गर्नुपरेको थियो । एक समय यस्तो थियो जब प्रियंकाले बाथरुममा खाना खानुपरेको थियो । उनी अहिलेको तुलनामा त्यतिबेला त्यति विश्वस्त थिईनन्। विदेशीहरूका बीचमा उनी निकै अपमानित भइन् ।

यो कुरा प्रियंकाले हालै एक अन्तर्वार्तामा खुलासा गरेकी छिन् । प्रियंका चोपडाले इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा आफू किशोरावस्थामा पहिलो पटक हाईस्कूल अध्ययनका लागि अमेरिका गएको बताइन् । प्रियंका त्यतिबेला विदेशीहरूको बीचमा बसेर खाजा खान सक्नेमा विश्वस्त थिइनन् । ती मानिसहरु माझ उनी एकदमै नराम्रो महसुस गर्थिन् । पीसीले सुरुका साता आफ्ना लागि निकै कठिन रहेको पनि बताईन् ।

त्यसपछि बिस्तारै उनको लागि सामान्य भयो। प्रियंका चोपडाले भनिन्, ‘म खाजा बाथरुममा, स्टल भित्र खान्थें, किनभने म धेरै नर्भस थिएँ । मलाई खाना लिनको लागि क्याफेटेरियामा कसरी जाने भन्ने थाहा थिएन, त्यहाँ भेन्डिङ मेसिनबाट डोरिटोस ल्याउने चलन थियो। म बाथरुम जान्थें, त्यसपछि हतार–हतार खाना खाएर कक्षामा जान्थें । यस्तो अवस्थामा अरु केटाकेटीलाई भेट्नु परेन । प्रियंकाले यो सबै ३ देखि ४ हप्तासम्म गरेको बताइन् ।

त्यसपछि बाँकी केटाकेटीलाई देखेपछि उनले त्यहाँको बस्ने अवस्था थाहा पाए ।प्रियंका चोपडाले थप भनिन्, ‘आखिर मैले त्यो सबै गरें । मैले यो सबै पहिलो तीन वा चार हप्ताको लागि गरें। त्यतिबेला मैले कसैलाई चिनेको थिएन । भेन्डिङ मेसिन सञ्चालन गर्न एकदमै सजिलो थियो। मैले आफ्नो परिवेशबाट सिकेँ । कसरी नेभिगेट गर्ने, घरको कोठा कसरी फेला पार्ने, क्याफेटेरियामा कसरी जाने, कसरी आफ्नो ट्रे प्राप्त गर्ने। यी सबै मेरा लागि नयाँ थिए । मैले विश्वस्त हुनु अघि तीन वा चार हप्तासम्म यी सबै देखे र थाहा पाएँ। म मूर्ख भएको हेर्न चाहिन ।

प्रतिकृया दिनुहोस्