बैसाख १६, २०८० शनिबार 260
कैलाली । आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेश कुमारले आफ्नै घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा जङ्गलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
सो खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्