आइतबार , जेठ १४, २०८०

विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् सन, यस्तो रहेछ कारण !

मंग्सिर १७, २०७९ शनिबार 801

एजेन्सी । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया टिमका कप्तान ह्युङ–मिन सन कालो मास्क लगाएर खेलिरहेका छन् । उनले किन मास्क लगाए भन्ने चाँसो हुन सक्छ । उनले चोटबाट जोगिन मास्कको प्रयोग गरेका हुन् ।टोटेनह्यामका यी स्टारले फेसनका लागि नभएर अनुहारमा लाग्न सक्ने चोटबाट जोगिन मास्कको प्रयोग गरेका छन् ।

मास्क अनुहारको हड्डीलाई प्रभावबाट जोगाउन डिजाइन गरिएको छ । र, यसले थप चोटपटकको जोखिमलाई कम गर्छ ।नोभेम्बरको सुरुमा मार्सेलीविरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा टोटेनहमका लागि खेल्दा सनलाई चोट लागेको थियो ।चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो ।

आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुप¥यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।फुटबलमा अनुहारको मास्क सामान्य नदेखिए पनि धेरै हाई प्रोफाइल खेलाडीहरूले खेल्दा त्यसलाई लगाउने गरेका छन् ।

एन्टोनियो रुडिगरले पनि यस्तो मास्क लगाएर खेलेका थिए । उनले युरो २०२० मा जर्मनीका लागि खेल्दा मास्क लगाएका थिए ।त्यस्तै फिफा विश्वकप फुटबलमा अहिले समूह ‘एच’मा एकसाथ दुई खेल जारी छन् । एक खेलमा पोर्चुगल र साउथ कोरिया एजुकेसन सिटी रंगशालामा खेलिरहेका छन् ।

सो खेलमा क्रिस्टियानो रोनाल्डोको टिम र ह्युङ मिन सनको टिमले पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् ।केही प्रमुख खेलाडीलाई आराम दिइएको खेलमा पार्चुगलका लागि युवा खेलाडी रिकार्डो होर्ताले खेलको पाँचौं मिनेटमै गोल गरेर अग्रता दिलाए ।डिएगो डालोटले पोस्टको बायाँ लाइन भागबाट दिएको पासमा अगाडि रहेका होर्ताले वान टचमै बललाई जाली चुमाएका थिए ।

पोर्चुगलले खेलाम निकै चाँडो अग्रता लिएर खेल आफ्नो पक्षमा पारेको हो । खेलको १७औं मिनेटमा कोरियाले फ्रि किकको मुभमा गोल गरे पनि त्यो अफसाइड थियो । त्यसपछि ३०औं मिनेटमा पोर्चुगलका लागि कप्तान रोनाल्डोले वान भर्सेस वानमा सजिलै गोल गर्नबाट चुके ।

कोरियाका लागि २७औं मिनेटमा कि योङ ग्वोनले बराबरी गोल फर्काए ।उता, अहिले एकसाथ जारी सोही समूहको अर्को खेलमा घाना र उरुग्वे अल जोनाव रंगशालामा खेलिरहेका छन् । सो खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा २–० को सहज अग्रता लिएको छ ।

अन्तिम १६ मा जान कुनै पनि हालतमा जित्नैपर्ने दबाबमा रहेको उरुग्वेले आवश्यकता र चाहे अनुसार नै पहिलो हाफमा सहज अग्रता बनाएको हो । उरुग्वेका लागि २ वटै गोल युवा खेलाडी जर्जियन डे अरास्काएटाले गोल गरे । उनले दुवै गोल उत्तिकै उत्कृष्ट गरेका थिए ।

प्रतिकृया दिनुहोस्