बिहिबार , जेठ २५, २०८०

चर्चित मुक्का प्रहारको यथार्थता यस्तो छ

बैसाख १५, २०८० शुक्रबार 347

काठमाडौं । झण्डै तीन महिना अघिको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा एक जनप्रतिनिधिले मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का प्रहार गरेको देखिन्छ ।

मुक्का प्रहार गर्ने सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नंम्बर ३ का वडाअध्क्ष विनोद सिंह बिष्ट हुन ।

यस्तै मुक्का खाने कर्णाली प्रदेश मुख्यमन्त्री कार्यलयमा कार्यरत उपसचिव नरेन्द्र कार्की । बाटो निमार्ण गर्न वडाअध्यक्ष अमिन र नापीको टिमले लिएर जाँदा उत्पन्न विवाद हात हालाहालमा परिणत हुन्छ ।

एकैछिनमा विवाद उत्कर्षमा पुग्छ । उपसचिवले सोध्छन को हो तपाई ? वडाअध्यक्ष भन्छन्, वडाअध्यक्ष हो म ।

त्यत्तिकैमा उपसचिवले घाटी समाउँदै धकेल्छन । रिसले चुर भएका वडाअध्यक्षले जोरले एक मुक्का प्रहार गर्छन । भिडियोमा दुवै जना ‘त भन्दा म के कम’ शैलीमा प्रस्तुत भएका छन् ।

दर्शकहरु बाटोको विषयमा भएको यो विवाद जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट मेलमिलाप भइसकेको बुझिएको छ । तर, एक जना सरकारी कर्मचारी र जनप्रतिनिधिबीचको यो कटाकुटको दृश्यले धेरैको ध्यान तानेको छ ।

प्रतिकृया दिनुहोस्