दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको आफ्नो निर्णायक खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हिचाले गोल गरे ।
यता पोर्चुगलका लागि रिकार्डो होर्टाले एक गोल गरे । खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा किम योङ वनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्यूरी समयमा हिचाले गोल गर्दै दक्षिण कोरियालाई नकआउट चरण पुगाए ।
जितसँगै दक्षिण कोरियाले तीन खेलबाट ४ अंक जोड्यो । दक्षिण कोरिया समूह उप–विजेता हुँदै अन्तिम १६ मा पुग्यो । यता पोर्चुगलले ३ खेलबाट ६ अंक जोड्यो ।
समूहको अर्को खेलमा उरुग्वेले घाना २–० गोलले हराउँदै कोरियासँग अंक र गोलअन्तर बराबरी गरे पनि कोरियाले धेरै गोल गरेका कारण अर्को चरणमा स्थान बनाउन सफल भएको हो ।
प्रतिकृया दिनुहोस्