शनिबार , जेठ २७, २०८०

उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ

मंग्सिर १६, २०७९ शुक्रबार 595

धरान १३ मा डेरा गरी बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कँदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकी मुख्य आरोपित उर्मिलाको घर घेराउ घेराउ गर्दै महिलाहरूले नाराबाजी लगाएर घेराउ गरेका छन्।मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरू भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।

उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरूको अडानको कारण मृतकको पोस्टमार्टम पनि हुन सकेको छैन । यता इलाका प्रहरी कार्यालय धरानमा पनि नाराबाजी चलिरहेको समयमा पक्राउ परेकी उर्मिलालाई म्याद थप गर्नु जिल्ला अदालत लाने समयमा उर्मिलाको हातमा हत्कडी नलगाएको र उर्मिलाले गाडिबाट हात लोपारेको भन्दै आन्दोलनकारिहरु उर्मिलाको घरमै पुगेर घर घेराउ गरेका हुन्। उर्मिला बस्ने घर वन कार्यालय धरान १३ मा नै रहेको छ । आन्दोलनकारीले ढुङ्गा हान्दा प्रहरीले सरकारी भवनमा ढुङ्गा प्रहार नगर्नु र तोडफोड नगर्नु आग्रह गरेको थियो।

विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन् । )मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमान्को करिब २ बर्सअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकी एकल महिला हुन्।

प्रतिकृया दिनुहोस्