बिहिबार , जेठ २५, २०८०

न्यायाधीश गिरीकी पत्नी आरती रावल प,क्राउ

बैसाख ५, २०८० मंगलबार 41347

बाँके : न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल प,क्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार उनलाई प,क्राउ गरेर सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले आरती प,क्राउ परेको पुष्टि गर्दै ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको बताए ।शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै प,क्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । वैवाहिक ब,लात्कार मुद्दामा न्यायाधीश गिरी पनि यसअघि नै प,क्राउ परिसकेका छन् ।

नयाँ प्रविधिमा पुराना चलचित्र
काठमाडौँ, ५ वैशाख । चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेष्टोरेसन गरेको छ ।

सेल्युलाइड प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरन्जीवी गुरागाईँले जानकारी दिनुभयो ।

डिजिटाइजेसन गरेसँगै ती चलचित्र अङ्ग्रेजी भाषामा सबटाइटल पनि गरिएको छ । “डिजिटाइजेसनसँगै ती चलचित्रको रिल रेष्टोरेसन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ । रेष्टोरेसनले एट के (आधुनिक प्रविधि)वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घन्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौँ”, उहाँले भन्नुभयो ।

रेष्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई डिजिटाइजेसन गरिएको छ । डिजिटाइजेसन भएपछि सोह्र एमएम र ३५ एमएमका ती चलचित्र टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् ।

प्रतिकृया दिनुहोस्