शनिबार , जेठ २७, २०८०

सुन चाँदीको मूल्य बढ्यो की घट्यो हेर्नुस्..?

बैसाख ५, २०८० मंगलबार 3586

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

गत कारोबार दिन अर्थात् सोमबारदेखि स्थिर रहको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्