आइतबार , जेठ २१, २०८०

किन आउँछ शरीरमा सेता धर्सा ?

बैसाख २, २०८० शनिबार 1039

अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ ।

शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् ।

सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ? छालारोग चिकित्सकहरू यसो भन्छन् :

के हुन् सेता धर्सा ?

शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ ।

नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ

। यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

सेता धर्सा आउने कारण

शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ ।

तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु ।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण यही हो । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ ।

यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् ।

यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउादा धर्साहरु झनै बढी देखिन सक्छन् ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ ।

*कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

प्रतिकृया दिनुहोस्