बैसाख २, २०८० शनिबार 640
बुटवल । नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ ।
नयाँ वर्ष मनाउन पाल्पा आएका उनको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । रुपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका थिए । ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रदेश सरकारको बजेटमा संरचनाहरु निर्माण र प्रचार प्रसार गरिएको छ ।
प्रतिकृया दिनुहोस्