बुधबार , जेठ १७, २०८०

दुर्गा प्रसाईसँग २ करोड बार्गेनिङ गरेका ढाकाकुमारको रस्वपामा पनि बार्गेनिङ, मलाई नबचाए सबैलाई सिध्याईदिन्छु

चैत्र ३०, २०७९ बिहिबार 470

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि रकम मागेको अडियो पुष्टि हुने निष्कर्ष निकालेको छ ।छानबिन समितिको प्रतिवेदनमाथि छलफलपछि पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टिबाट निस्कासन गर्ने निर्णय गरेको छ । बिहीवार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै सांसद पद पनि

खारेजीको लागि संसद् र निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको पार्टि सभापति रबी लामिछानेले बताएका छन । बिबादित मेडिकल ब्यापारी दुर्गा प्रसाईंसँग श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। सो विषयले रास्वपा विवादमा तानिएको थियो।

उनीमाथि कारबाहीको लागि रास्वपाले अनुशासन समितिलाई छानबिनको जिम्मा दिएको थियो। अनुशासन समितिको प्रतिवेदनकै आधारमा उनीमाथि कारबाही गरिएको बताइएको छ। ढाकाकुमारले कोर टिमलाई रकम बुझाउनुपर्छ भनेको विषयमा पत्रकारको जवाफ दिँदै पार्टि सभापति लामिछानेले पार्टीको नीति नै भ्रष्टाचारको विरोध भएकोले त्यसलाई पुष्टी गर्न चुनौती दिए ।

‘तथ्यसहित सार्वजनिक भए कोर टिम वा जो जो भए पनि कारबाही हुन्छ’ लामिछानेले स्पस्ट पारे । लामिछानेले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि पार्टीले सदैव सहयोग गर्ने प्रतिबद्वता जनाए ।उनले कोर टिम कसलाई भनिएको भन्नेबारे स्पष्ट जानकारी आएपछि बोल्ने लामिछानेको भनाइ छ।

लामिछानेले भने- उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिन पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नु भएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टीमको कसैलाई छाड्दिन पनि भन्नुभएको छ ।

उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारवाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताए । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दैछन् भन्दै उनले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताए ।

लामिछानेले भने- उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।लामिछानले श्रेष्ठले विभिन्न बयानमा प्रसाईसँग कुरा गरेको स्वीकार गरेको पुष्टी भएको पनि बताए।

‘उहाँका विभिन्न कुराका आधारमा उहाँले नै कुरा गरेको पुष्टी हुन्छ। उहाँले त पार्टी नै सिध्याइदिन्छु जस्तो कुरा पनि गर्नु भएको थियो,’ उनले भने, ‘यसले पनि उहाँले नै कुरा गरेको हो भन्ने पुष्टी भयो।’उनले अभियानको क्रममा जोडिएको भ्रष्ट मनसाय भएको व्यक्तिहरू आफैँ हट्दै जाने पनि बताए ।

‘समाजको स्वरुप जस्तो थ्यो त्यस्तै भएको हो। हामीसँग जोडिएका कयौँ साथीहरू को कस्तो भन्ने थाहा थिएन। एक अर्कालाई नचिन्दै अभियानमा जोडिएका हौँ,’ उनले भने, ‘हाम्रो उद्देश्य पुरा गर्ने क्रममा कतिपय मानिसहरू सँगै हुन्छन्। स्वार्थ्य बोक्नेहरू बीचमै छुट्टिन्छन्।’

रास्वपा सभापति रबी लामिछानेले सम्भवत नेपालको इतिहासमा सार्वजनिक रुपमा लागेको आरोपको मुद्दाको छानबिन गरी आफ्नो पार्टिले कारबाही गरेको पत्रकार सम्मेलनमा बताए ।

प्रतिकृया दिनुहोस्