आइतबार , जेठ २१, २०८०

महिना दिन नपुग्दै जापानमा अर्का नेपाली युवा बेपत्ता, आरतीको अझै अत्तोपत्तो लागेन

चैत्र २९, २०७९ बुधबार 393

जापान ।जापानमा नेपालीहरुको संख्या १ लाख ४० हजार पुगेको तथ्यांक बाहिरि रहँदा नेपालीहरुमा हुने दुःखद घटनामा पनि बृद्धि हुन थालेको छ । महिना दिन नपुग्दै जापानमा दुई जना नेपाली हराएका छन् ।एक महिना पुग्न लाग्दा समेत बेपत्ता नेपाली चेलीको

कुनै अत्तोपत्तो लाग्न नसकिरहेको बेलामा फेरी जापानमा एक नेपाली युवा सम्पर्क विहिन भएका छन् ।प्राप्त जानकारी अनुसार जापानको फुकुओकास्थित, जीएजी निहोङगो गाकुईनमा अध्ययनत दोलखा जिल्ला स्थायी घर भएका २३ वर्षका अनुप खड्का सोमबार बिहानदेखि सम्पर्क बिहिन भएका छन् ।

साथीभाइ तथा पविारसँग खड्का सम्पर्क बिहिन भएपछि उनको खोजीकार्य शुरु भएको छ । अनुप सोमबारदेखि बेपत्ता भएको फुकुओकामै बस्ने उनको ठलो बुबाको छोरा रवन खड्काले बताएका छन् ।आफूलाई पैसाको निकै समस्या भएको भन्दै उनले हालैका

दिनमा आफूलाई म्यासेजहरु पठाउने गरेको खड्काका दाजुले बताएका छन् । दाजुभाईबीच गएको आईतबार दिउँसो कुराकानी हुँदा पनि यस्तै खालको गफ भएको अनि आफ्नो समस्या अरुले नबुझेको गुनासो अनुपले गरेको खुलेको छ ।अनुपले भाषा विद्यालयमा

काम गर्ने एक नेपाली शिक्षकलाई पनि आफू एप्सको ठगीमा परेर सबै पैसा गुमाएको बताएका थिए । पछिल्लो समय उनलाई विद्यालयको शुल्क तिर्न समेत समस्या भएको बुझिएको छ । माथि तस्विरमा देखिएको व्यक्तिलाई तपाईले कतै देख्नु भयो भने रवन खड्काको

मोबाइल 070 7657 4194 मा सम्पर्क गरेर जानकारी दिनु होला ।जापानको ओसाकाबाट मार्च १७ देखि चितवनकी आरती खनाल बेपत्ता भएकी थिइन् । उनी पनि अहिलेसम्म फेला परेकी छैनन् । उनको पनि तीव्र गतिमा खोजी भइरहेको छ । तर अहिलेसम्म उनको पनि कुनै अत्तोपत्तो लागेको छैन ।

ट्राफिक व्यवस्थापनमा चुनौती
खजुरा, २९ चैत (रासस) :
बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ ।

जिल्लाका १९ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, म्याजिक, स्कुटर र मोटरसाइकल रहेका छन् । तीव्रगतिमा सवारीसाधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारीसाधन चालउने गरेका कारण बढी दुर्घटना भएका छन् ।

बाँकेका ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख सुनारले सङ्गठनभित्र आर्थिक अनुशासनलाई सुदृढ बनाउने र ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधैँ आफूलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारीसाधन जाँच गर्नुपर्ने अवस्था छ, स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्छु ।” कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उहाँले पैदलयात्रु, विद्यार्थी र मजदुरलाई ट्राफिक नियमबारे जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताउनुभयो ।

“यहाँ मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखियो”, उहाँले भन्नुभयो, “जसका कारण हुने मानवीय क्षति रोक्न मापसे जाँचलाई कडाइ गरिनेछ ।” जिल्लाको सबैभन्दा ठूला सहर नेपालगन्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको छ ।

नेपालगन्जको पुष्पलाल चोक, धम्बोजी, ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति भए पनि मुख्य बजार क्षेत्र त्रिभुवन चोक, त्रिवेणी मोड, भेरी अस्पताल, मालपोत कार्यालय क्षेत्र वरवर भने ट्राफिक प्रहरीको उपस्थिति छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिक जामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्नेसमेत गरेका छन् । बाँके जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष

प्रतिकृया दिनुहोस्