आइतबार , जेठ २१, २०८०

हेलिकप्टर दुर्घटना

चैत्र २६, २०७९ आइतबार 752

काठमाडौं । अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिएभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उक्त हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्