बिहिबार , जेठ २५, २०८०

कपिलवस्तुमा बुवाको निधनपछि दिदि बहिनि छोरा सरह हिन्दु परम्परा अनुसार काजक्रिया गर्दै

चैत्र २५, २०७९ शनिबार 578

कपिलवस्तु । छोरीहरुले पनि छोरा सरह जस्तोसुकै कठिन परिस्थीतीको पनि सामनागर्न सक्ने उदाहरण बनेका छन्, कपिलवस्तुको बुद्धभुमी नगरपालीका ४ जोतपुरका दुईजना दिदी बहिनी सुरक्षा र प्रतिक्षा भुसाल ।

विविएमा अध्ययनरत दुवै दिदी, बहिनीगत फागनु २७ गते आफ्नाबुबा ४४ बर्षिय चुरामणी भुसालको निधन भएपछि छोरा सरह हिन्दु परम्परा अनुसार काजक्रियामा बसेका छन् ।

समाजमा छोराछोरी विचको विभेदलाई चिर्दै समाज रुपान्तरणका लागीआफूहरुले बुवाको निधनपछि काजक्रियामा बसेको उनीहरु बताउँछन् । उनीहरुको शाहस र आँटको प्रंसशा गर्दै स्थानीय भन्छन् विस्तारै नेपाली समाजमापनि लैंगिक विभेद अन्त्यहुने छ ।

प्रतिकृया दिनुहोस्