काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्यमा बिजयी भएका नेपाली काग्रेसका महामन्त्री गगन थापाले अब पार्टी भित्र संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने बताएका छन् । प्रधानमन्त्री बन्ने उदेश्यका साथ अघि बढेका थापालाई अबको समय झन कठिन हुने देखिएको छ ।
देशभरको सम्पुर्ण मत परिणाम नआउँदै काग्रेस महामन्त्री थापालाई पार्टी भित्रैबाट गम्भिर आरोप लागेको छ । मंसिर ४ गते भएको प्रतिनिधीसभाको निर्वाचनमा थापाले भखरै मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर काग्रेस हराएको आरोप उनी माथी लागेको छ ।
गगन थापाको क्षेत्रमा घण्टीले उम्मेदवार नउठाउनु , रवि लामिछानेले पार्टी खोल्नु अघि देखीकै गगन र रविको हिमचिम , चितवन २मा काग्रेसका उम्मेदवार रहेका उमेश श्रेष्ठले पटक पटक चुनावी सभाका सम्बोधन गर्न बोलाउँदा पनि गगन नगएको लगायतका कुुराले
उनीहरुको साँठगाँठा आधारहरु दिएको चर्चा काग्रेस भित्रमा चलेको छ ।सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताहरुले त सार्वजनिक रुपमै गगन थापाले घण्टीसँग मिलेर माओवादी हराएको आरोप लगाइरहेका छन् । रवि र गगनको साँठगाँठको बिषय अब नेपाली काग्रेस भित्र पनि प्रवेश गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले चितवन २ बाट निर्वाचित भए लगत्तै पात्र फेरिएर प्रधानमन्त्री बनाए सरकारमा सहभागी हुने अभिव्यक्ति दिए पछि रवि गगन साँठगाँठमा थप बल पुगेको छ । गगनको कुरा रविको मुखबाट भनाइएको शंका काग्रेस नेताहरुले गरेका छन् ।
काग्रेस सभापती शेरबहादुर देउवा निकटका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गगन थापा र रवि लामिछानेको साँठगाँठको बिषय अब पार्टी भित्र उठ्ने बताए । महामन्त्री गगन थापाले चित्त बुझ्दो किसिमले यसको प्रष्टिकरण दिन नसके उनको बाँकी राजनितीक जीवन राम्रो नहुने पनि बस्नेतले बताएका छन् ।
सबै घटनाक्रम हेर्दा रवि र गगन विच साँठगाँठ देखिने थुप्रै आधारहरु देखिएको भन्दै बस्नेतले यो कुरा पार्टीमा उठ्ने र गगन थापाले स्पष्टिकरण दिनु पर्ने बताए । प्रधानमन्त्री बन्ने त परको कुरा यो कुरा प्रष्ट पार्न नसके गगनको राजनितीनै अप्ठेरोमा पर्ने उनले बताएका छन् ।
एक टेलिभिजन कार्यक्रममा केन्द्रिय सदस्य बस्नेतले गगन थापाले आफु जस्तो स्मार्ट अरु कोहि छैन जस्तो पारा देखाएको आरोप लगाएका छन् । अहिले गगन थापा काग्रेस संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री बन्ने कुनै सम्भावना नभएको भन्दै उनले गगनको व्यक्ति केन्द्रित राजनिती पार्टीकै लागी घातक रहेको बस्नेतले भनेका छन् ।
यता काग्रेस महामन्त्री गगन थापाले भने आफु माथी लागेको आरोप बारे बोल्दै कुनै पार्टीनै बनाइदिन सक्ने क्षमता आफुमा रहेको भए त म त खतरै मान्छे हुँनी भन्दै जवाफ दिएका छन् । थापाले आफु माथी लागेको आरोप अस्विकार गर्दै त्यसो भए सभापती देउवाको क्षेत्रमा चाँही घण्टीको उम्मेदवार किन उठेन रुभनेर प्रश्न गरेका छन् ।
काग्रेस संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दाउमा रहेका गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग मिलेर गठबन्धनलाई घात गरेको आरोपमा कारबाही गर्ने सम्मको तयारीमा देउवा रहेको बताएको छ । त्यसो त गगन थापालाई उनको समूह शेखर समूहका कसैले पनि प्रधामन्त्रीमा समर्थन गरेका छैनन् ।
प्रतिकृया दिनुहोस्