आइतबार , जेठ १४, २०८०

आफ्नै घरको फ्ल्याटमा बस्ने युवकसँग किशोरीको प्रेम, भेट्न नदिएको झोकमा आमाकै ह’त्या

चैत्र २०, २०७९ सोमबार 199

एजेन्सी । रुसमा एक १४ वर्षिया किशोरले ब्वाइफ्रेन्डसँग भेट्न नदिएको झोकमा आफ्नै आमाको ह’त्या गरेकी छन् ।

आफ्नै घरको फ्ल्याटमा बस्ने किशोरसँग ती किशोरी प्रेममा परेको र भेट्न बन्देज लगाउँदा दुवै मिलेर आमाको ह’त्या गरेको द सनमा प्रकाशित रिपोर्ट एक रिपोर्टमा उल्लेख गरिएको छ ।

उक्त रिपोर्टका अनुसार प्रेममा परेका युवा ती युवतीकै घरको फ्ल्याटमा बस्दै आएका थिए । उनीहरुको प्रेम सम्बन्ध भएको थाहा पाएपछि आमाले कम उमेरमै गलत संगत गर्न नहुने भन्दै छोरीलाई सम्झाउँदै युवकसँग भेट्न बन्देज गरेकी थिइन् ।

त्यसपछि आमाको ह’त्या गरेको बुझिएको छ । आमाको ह’त्याका लागि प्रेमीप्रेमिकाले ३ हजार ६५० पाउन्ड रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ ।क्ष’तविक्षत तरिकाले आमाको ह’त्या गरेर शवलाई प्लास्टिकमा हालेर फ्यालिएको थियो । उक्त शवलाई वेवारिसे भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीको अनुसन्धानपछि उक्त तथ्य फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।शव बरामदको क्रममा प्रत्यक्षदर्शीले देखे अनुसार मृ’तक आमाको अनुहारमा कु’टपिट गरिएको किसिमको चो’टपटक छ। त्यस्तै घाँटी पनि बटारिएको अवस्थामा छ ।

ह’त्यामा संलग्न छोरी १४ वर्षकी रहेको छन् भने उनकी प्रेमी १७ वर्षको रहेको बताइएको छ । मृतक आमाले ३० हजार पाउण्ड रकम बचत गरेको पनि खुलेको छ । सोही रकम आफ्नो पकेटमा पार्नका लागि आमाको हत्या गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्