यी हुन् प्रेमीलाई भेट्न बोलाएर…. गर्ने प्रेमिका
चार महिनाअघि मंसिर ६ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्। ६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे।
चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बे,पत्ता भए। संसारले त्यो दिन आफ्ना सहकर्मी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए। ‘दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई मार्न लागिसके भनेर फोन गरे,’ उनका सहकर्मी महेशले भने, ‘उसले प्रहरीलाई खबर गरिदिनुपर्यो भन्दै थिए,
तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भए।’ खड्काका अनुसार फोनमा उनले आफूलाई युवाहरूले सडकबाट तल खसालेका छन् भनेर पनि भनेका थिए। संसारले महेशलाई दाइ भनेर सम्बोधन गर्ने गरेका थिए।
‘मलाई रोडबाट फालेका छन्, म भाग्न खोजिरहेको छु भन्दै थिए। त्यो नै अन्तिम भयो, त्यसपछि फोन लागेन,’ महेशले भने। मंसिर ८ गते अपराह्नदेखि बे,पत्ता भएका संसारको श,व चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ।
प्रतिकृया दिनुहोस्