शनिबार , जेठ २७, २०८०

अस्ट्रेलियामा रहेकाहरुले आफ्नो परिवार लैजान पाउने,

मंग्सिर १६, २०७९ शुक्रबार 513

अस्ट्रेलियामा कामदार भिसामा रहेकाहरुको परिवारलाई अस्ट्रेलिया जान दिने नीति त्यहाँको सरकारले ल्याउने तयारी गरिरहेको छ।प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार सरकारले कामदार

भिसामा रहेकाहरुको परिवारलाई पनि काम दिने नीति ल्याउन लागेको हो।उनले यस विषयमा भनेका छन्, ‘एउटा नयाँ कार्यक्रम अन्तर्गत प्रशान्त टापुहरूबाट वृद्ध हेरचाह गर्ने

कामदारहरूलाई अस्ट्रेलियामा रोजगारी र स्थायी बसोबासका लागि भिसाहरू प्रदान गर्ने छौँ। कामदार भिसामा रहेका परिवारहरुले यस्ता काम गर्न सक्नेछन्।’अस्ट्रेलियामा एज्ड् केयरमा

कामदारको अभाव भएको हुँदा फिँजी लगायत प्यासिफिक क्षेत्रका देशहरूबाट कामदार बोलाउने प्रधानमन्त्रीले बताए।अप्रिलदेखि पिएएलएम अन्तर्गत दुई अलग कामदार भिसा स्ट्रिमहरू –

मौसमी कामदार कार्यक्रम र प्यासिफिक श्रम योजना एकल पिएएलएम भिसामा एकीकृत हुनेछन्।नयाँ भिसा चार वर्षसम्मको लामो अवधिको लागि मान्य हुनेछ र कामदारहरूलाई धेरै पटक अस्ट्रेलिया फर्कन पाउने छन्।

प्रतिकृया दिनुहोस्