आइतबार , जेठ २१, २०८०

आफ्नै अप्रेसन भइरहँदा पनि फुटबल हेर्न नछाड्ने बिरामी

मंग्सिर १५, २०७९ बिहिबार 238

काठमाडौँ,

अहिले विश्वकप फुटबल चलिरहेको छ । विश्वभरका फुटबल प्रेमीका लागि यो एक उत्सव हो । ३२ वटा राष्ट्रले यसमा भाग लिएपनि संसारभर यसका फ्यान छन् ।

फुटबलका क्रेजी फ्यानका थरीथरीका किस्सा सुन्न, देख्न पाइन्छ । यस्तै पोल्याण्डका एक फुटबल प्रेमीले राम्रो चर्चा पाएका छन् ।

यतिसम्म की आफ्नै अप्रेसन भइरहँदा पनि उनले फुटबल हेर्न छुटाएनन् । डेली मेलमा प्रकाशित खबर अनुसार घटना गत शुक्रबारको हो । नाम सार्वजनिक नभएका ती युवकको शरीरको तल्लो भागको अप्रेसन थियो।

पोल्याण्डको किल्स शहरको एक अस्पतालमा ती युवकको अप्रेसन हुँदै थियो ।

उनको अप्रेसन सुरु हुने बेला वेल्स र इरानको खेल चलिरहेको थियो । युवकले अप्रेसन भइरहँदा पनि खेल हेरिरहन पाइन्छ कि भनेर सर्जनसँग प्रस्ताव राखे।

युवकको चाहना पूरा गर्न सर्जन तयार भए । त्यसपछि पाङ्ग्रा जडान गरिएको ठूलो टीभी अप्रेसन थिएटरको एक कुनामा ल्याइदिएर फुटबल हेर्ने सुविधा दिए ।

युवकलाई एनेस्थेसिया(बेहोस पार्ने औषधि) दिएर सर्जन अप्रेसनमा लागे । युवक भने खेल हेरिरहे थिए । उनको कम्पर भन्दा मुनिको भाग मात्रै बेहोस् बनाइएकाले बिरामी बेहोस् हुँदैन ।

अस्पतालले यो फोटो सामाजिक सञ्जालमा राखेर लेखेको छ ‘हाम्रा बिरामीलाई साच्चिकै सेवा मिल्छ।’

यसै पोस्टको कमेन्टमा ग्लिविस शहरमा रहेको एक दन्त क्लिनिकले पनि फुटबल हेर्दै उपचार गरेको फोटो राख्यो । क्लिनिकले लेखेको थियो–हाम्रो ठाउँमा पोल्याण्ड र मेक्सिको खेलिरहेका थिए।’

आफ्ना बिरामीलाई दन्त उपचारसँगै फुटबलको मज्जा पनि दिने भन्दै फुटबल समर्थकलाई निमन्त्रणा गरेको छ ।

प्रतिकृया दिनुहोस्