आइतबार , जेठ २१, २०८०

तेस्रो सन्तानको रुपमा छोरी जन्मिएसँगै फेसबुक संस्थापक मार्क जुकरबर्गले लेखे यस्तो स्टाटस

चैत्र १२, २०७९ आइतबार 75

काठमाडौँ । फेसबुक संस्थापक मार्क जुकरबर्गलाई पुत्री लाभ भएको छ । मार्क जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

नवजात छोरीको तस्वीर फेसबुक तथाा इन्स्टाग्राममा शेयर गर्दै मार्कले भनेका छन् हामीलाई भगवान्ले आशीर्वाद स्वरुप तेस्रो सन्तनका रुपमा छोरी दिएका छन् । फेसबुकमा छोरी र आफ्नो तस्विर पोस्ट गर्दै उनले लेखेका छन् अरेलिया चान जुकरबर्ग १ तिमी ईश्वरको आशीर्वाद हौ ।

मार्क र प्रिसिलाका यसअघि नै ७ वर्षीया छोरी मेक्सिमा र पाँच वर्षका छोरा अगस्त छन् । यो चर्चित जोडीको प्रेम कहानी सन् २००३ मा सुरु भएको थियो । उनीहरुले सन् २०१२ मा बिबाह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्