बिहिबार , जेठ २५, २०८०

धामी झाँक्रीको भर पर्दा कैलालीमा २२वर्षकि ग:र्भवती कल्पनाको मृ-त्यु!!

चैत्र ११, २०७९ शनिबार 266

गोदावरी ,धामी झाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्या,न गएको छ।

घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो।

ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्। त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। यसबीचमा कल्पना बिरामी भएको ३० ,घण्टा बितिसकेको थियो। कल्पनाको घरबाट छ किलोमिटरजति टाढा अत्तरियामा निजी अस्पताल छ। करिब २० किलोमिटर टाढा धनगढीमा सरकारी र निजी क्षेत्रका दर्जनौँ अस्पताल छन्।

कल्पनाले जिब्रो बाहिर ल्याउने –याल फाल्ने काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छरछिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए। कल्पनाका ससुरा प्रेम विकले भने, हामीले यस्तो बिरामी पहिले कहिल्यै देखेका थिएनौँ। त्यसपछि धामीझाँक्रीको भर परेका हौँ। नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी हुन्।”

प्रतिकृया दिनुहोस्