आइतबार , जेठ २१, २०८०

कर्मको फल भोग्दै दत्त दम्पती, बैठकमै अश्लील हर्कत गर्ने डीनकी पत्नी पनि भ्रष्टाचार अभियोगमा बर्खास्त

चैत्र ५, २०७९ आइतबार 141

जुम बैठक चलिरहँदा चियाको गिलास लिएर आएकी महिला कर्मचारीलाई आफूतिर तानेर अश्लील हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बनमा परेका छन् । संयोग नै मान्नुपर्छ, कृषि विकास बैंकमा कार्यरत उनकी पत्नी पनि भ्रष्टाचार अभियोगमा निलम्बनमै छिन् ।

दत्तले मंगलबार स्नातक तहको चौथो वर्षका विद्यार्थीहरूसँग जुममा ओरेन्टेसन कार्यक्रम राखेका थिए । जहाँ ६५ भन्दा बढी विद्यार्थी जुम बैठकमा जोडिएका थिए । जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहेका थिए । दत्त पनि जुम बैठकमा भिडिओ अनम्युट गरेर सहभागी बने ।

अरु सहभागीको भिडिओ म्युट थियो । तर, उनको भिडिओ अनम्युट हुँदा उनी के गरिरहेका छन् भन्ने अरु विद्यार्थीले स्पष्ट देखिन्थ्यो । त्यसैको कारणले पनि दत्तले कार्यालयमा गरेको हर्कत बाहिर आयो । जुम मिटिङ भइरहेको बेला उनले महिला कर्मचारीलाई जबरजस्ती तानेर आफनो काखमा ताने ।

जबकी उनको यो हर्कत जुममा जोडिएको ६५ भन्दा बढी विद्यार्थी र दुई प्राध्यापकले देखे । दत्त त्यतिमै रोकिएनन् । महिलालाई तानेर संवेदनशील अंगमा चुम्बन गरेका थिए । सार्वजनिक भिडिओ हेर्दा उनी बैठकमा सहभागी कसैको मतलव नगरी महिलालाई दुव्र्यवहार गर्न व्यस्त देखिन्छन् ।

यसअघि पनि उनीमाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप लाग्थ्यो र तर आफैँ डीन भएपछि कारबाही कसले गर्ने ? विश्वविद्यालयलका एक प्राध्यापकका अनुसार यसअघि उनले महिला कर्मचारीलाई कार्यकक्षमै पटक पटक दुर्व्यवहार गर्दै आइरहेका थिए । तर, उनीविरुद्ध उजुरी गर्दा कारबाही त परको कुरा उल्टै डीनलाई फसाउन लागेको आरोप लाग्ने गरेको थियो ।

त्यसैको कारण पनि डीनले पटक पटक उन्मुक्ति पाउँदै आएका थिए । यसपटक भने दत्तको भिडिओ नै सार्वजनिक भएपछि कृषि तथा वन विश्वविद्यालयले कारबाही गर्न बाध्य भयो ।

विश्वविद्यालयका पदाधिकारीहरू कारबाही गर्ने पक्षमा भने थिएनन् । भिडिओ नै सार्वजनिक भएपछि चौतर्फी दबाबमा विश्वविद्यालयले कारबाही गर्‍यो । उनलाई अन्तत निलम्बनमा राखेर अनुसन्धान गर्न छानविन समिति गठन भएको छ । तर, विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मी भने दत्तलाई बचाउन खोजिरहेका छन् । घटना भएको देख्दा देख्दै सीधै बर्खास्त गर्नुपर्नेमा सत्यतथ्य छानबिन गर्न भन्दै त्यतिन्जेलसम्मका लागि निलम्बनमा राख्यो ।

श्रीमती यसअघि नै निलम्बित:
संयोग नै मान्नुपर्छ कृषि संकायका निलम्वित डीन दत्त र श्रीमती शोभाकुमारी दुवै सरकारी जागिरमा थिए । शोभा कृषि विकास बैंकको शाखा प्रमुख थिइन् भने जयप्रकाश कृषि संकायका डीन । उनीहरू एक वर्षको अन्तरालमा पालैपालो आफ्नै कर्मको फल भोग्दै कानूनी फन्दामा परेका छन् ।

श्रीमती शोभाले कर्मको फल भोगिसकेकी छन् भने जयप्रकाश त्यही लयमा पुगेका छन् । शोभाले आर्थिक अनियमितामा सलंग्न भएपछि जागिरबाट हात धुन परेको छ । जयराज पनि यौन दुर्व्यवहारको आरोपमा बर्खास्तमा पर्ने छन् । उजुरी परे जेल जानेछन् । यद्यपि भिडिओमा देखिएकी महिला कर्मचारीले उजुरी गरेकी छैनन् । जयराजले ती कर्मचारीसँग सहमतिमा सम्बन्ध हुने गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्