काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हर्क साम्पाङलाई प्रशंसा गर्दै उनको भिडिओ अन्तरवार्ता सेयर गरेका छन् ।बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गरेका हुन् । जहाँ हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् ।
भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् । काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको भिडिओमा बताएका छन् ।
उनले यसको समस्याको लागि आफू एक्लैले नसक्ने भन्दै सबै नेताहरुलाई इमानदार बन्न अपील गरेका छन् । बालेनले यही प्रसंग उठाउँदै भिडिओ शेयर गर्दै आफ्नो सामाजिक संच्जाल मा लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन’
यो पनि – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेक छन् ।परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् ।
प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।
प्रतिकृया दिनुहोस्